logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मातृ शोकको एक महिना नपुग्दै नेकपा नेता अर्याललाई पत्नी शोक


अंकुरण खबर
819
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव अर्याललाई पत्नी शोक परेको छ ।

मातृ शोकको एक महिना पूरा नहुँदै अर्याललाई पत्नी शोक परेको हो । अर्यालकी पत्नी विना अर्यालको शुक्रबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको उनको पारिवारले जनाएको छ ।

अर्यालको माताको यसअघि माघ ३ गते निधन भएको थियो । आमाको किरिया बसेको समयमा आर्याल पत्नी बिनाको शरिरमा आगोले पोलेको थियो । सोही घाउको उपचारको क्रममा उहाँको निधन भएको बुझिएको छ ।