logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाका नेता हवारी नेकपा ओली समूहमा प्रवेश


अंकुरण खबर
1.729K
Shares

जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका नेता इस्लाम हवारी नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

जसपा स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज रहेका पर्साका हवारी बालुवाटारमा शुक्रबार विहान नेकपा ओली समूहमा प्रवेश गरेका हुन् ।

उनलाई प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन । वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको नेकपाले दावी गरेको छ ।