logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १२७ जना कोरोना संक्रमित, २ जनाको मृत्यु


अंकुरण खबर
624
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १२७ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५७  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ।

आज थप २ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ४ हजार जनाको पिसिआर परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ११हजार ६४९ पुगेको छ।