देशभर हाल ७६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ र प्रदेश २ मा कुनै संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ३६ आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २० आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा २ जना मात्र आइसियुमा छन्। सूदुरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।