logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कटुवा पेस्तोसहित वीरगञ्जबाट एक युवक पक्राउ


अंकुरण खबर
728
Shares

कटुवा पेस्तोसहित वीरगञ्जबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया बस्ने २४ वर्षिय रामा साह भन्ने उपेन्द्र साह रहेका छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले साहलाई र्सिसियाबाटै चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।

बी आर ५ ए ४६४७ नम्बरको भारतीय मोटरसाइकलमा सवार भइ भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले जानकारी दिए।

हतियारसहित पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको कुँवरले बताए।