logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कस्तो रहला आज दिनभरको मौसम ?


अंकुरण खबर
1.274K
Shares

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्‍चिमी वायुको प्रभाव रहेको छ ।

अहिले देशको पहाडी भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

पहाडी भू-भागमा हल्का बर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ।

तराईका थोरै भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्नसक्ने हुनाले पारदर्शिताको कमी र तापक्रमको हल्का गिरावटका कारण यसबाट जनजीवन र यातायातमा पर्न सक्ने असरबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।