logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

निर्वाचन आचारसंहिताको मस्यौदा तयार, फागुन दोस्रो सातादेखि लागू गर्ने तयारी


अंकुरण खबर
1.469K
Shares

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ ।

मस्यौदामाथि छलफल गर्न आयोगले सरकार र राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको छ । आचारसंहितामा उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई असर पर्ने गरी आलोचना गर्न नपाइले उल्लेख छ ।

मस्यौदामा सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोतसाधन र सम्पत्तिमा कसैको पक्ष र विपक्षमा हुने गरी प्रयोग गर्न र गराउन नपाइने, मतदातालाई नगद वा जिन्सी वितरण गर्न, भोजभतेर गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन नहुने र कुनै मठ, मन्दिर, गुम्बा मस्जिद, चर्च वा कुनै धार्मिकस्थल, सार्वजनिक उद्यान प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ ।

त्यस्तै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित कुनै पनि सामग्री उत्पादन र बिक्री वितरण गर्न नपाईले कुरा पनि आचारसंहितामा समेटिएको छ । उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने लगायतका विषय उल्लेख गरिएको छ ।

सबै दलहरुसँगको छलफलपछि आयोगले फागुन दोस्रो साताबाट आचारसंहिता लागु गर्ने तयारी गरेको छ