फागुन महिनाको पहिलो कारोबार दिन आज (फागुन २ गते, आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
अघिल्लो महिना माघ (३० गते, शुक्रबार)को तुलनामा आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।
आइतबार छावापाला सुनको मूल्य ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको १ हजार ३ सय २० रुपैयाँ थियो ।