logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको सडक संघर्षका कार्यक्रम सार्वजनिक गर्दै


अंकुरण खबर
1.183K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै सडक संघर्षमा उत्रिएको प्रचण्ड माधव नेतृत्वको नेकपाले तेस्रो चरणको कार्यक्रम घोषणा गर्दैछ।

आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडाबाट संघर्षका कार्यक्रम सार्वजनिक गरिने नेकपा नेता विष्णु रिजालले जानकारी दिए।

‘आज २०७७ फागुन २ गते दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डॉडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणको कार्यक्रम घोषणा हुने भएकाले सञ्चारकर्मी मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ,’ सामाजिक सञ्जाल ट्वीटरमार्फत रिजालले भनेका छन्।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले ओली सरकारलाई गलाउन देशभरदेखि काठमाडौं केन्द्रित आमसभा गरिसकेको छ । माघ २८ गते विशाल आमसभा गरेसँगै ओली झुक्ने दाबी प्रचण्ड माधव पक्षले गरे पनि ओली भने गलेका छैनन्।

ओली शनिवारमात्र बुटवल पुगेर आफ्नो पक्षमा भएको सभामा सहभागी भए ।