logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सपना रोकाले विनयजंग बस्‍नेतविरुद्ध दिइन् प्रहरीमा उजुरी


अंकुरण खबर
1.872K
Shares

बेवारिस शव अन्त्येष्टि गरेर चर्चामा आएकी सपना रोका मगरले विनयजंग बस्‍नेतविरुद्ध महानगरीय प्रहरी  परिसर काठमाडौंमा जाहेरी दिएकी छन्।

बेवारिसे शव व्यवस्थापन गरेर बिबिसीको सय प्रभावशाली महिलाको सूचीमा पनि परेकी रोकाका नाङ्गा तस्बिर सार्वजनिक गरिदिने धम्की बस्नेतले दिँदै आएका छन्।

सपना सानैदेखि विनयजंगसँग बस्दै आएकी थिइन्। तर विवाद भएपछि बस्नेतले सपनाका नाङ्‍गा तस्बिर सार्वजनिक गरिदिने धम्की दिएका थिए। त्यसपछि सपनाले प्रहरीमा जाहेरी दिएकी हुन्।

बस्नेतले युट्युब अन्तर्वार्ताका क्रममा आफूसँग पेनड्राइभमा सपनाका नाङ्गा तस्बिर रहेको भन्दै तिनलाई सार्वजनिक गरिदिने धम्की दिएका थिए।

त्यसपछि सपनाले आइतबार काठमाडौं परिसरमा जाहेरी दिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।

‘अभद्र व्यवहार अन्तर्गत सपनाले दिएको जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन एउटा टोलीलाई अदालत पठाएको छु,’ एसएसपी सिंहले भने, ुअदालतबाट पुर्जी आएपछि बस्नेतलाई पक्राउ गर्छौं।’

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने अभियान चलाएका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना लामो समय विनयजंग बस्नेतसँगै बसेकी थिइन्। पछिल्लो समय उनीहरुबीच विवाद चर्किएको छ। अहिले सपना र विनयजंगले अलग अलग आफ्ना गतिविधि गरिरहेका छन्।