प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि जवाफी बहस सुरु भएको छ ।
प्रतिनिधिसभा विघटनमा सरकार पक्षका कानुन व्यवसायीले बहस गरेपछि आज पुनः रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको हो ।
अधिवक्ता दिनमणि पोखरेलले संविधानमा बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको तर्क पेस गरे ।
जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिनेछ ।