प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा दाहाल-नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गरेको छ।
उक्त समूहले आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो । उद्देश्य पूरा नभएसम्म आन्दोलन जारी रहने पत्रकार सम्मेलनमा नेताहरुले बताए ।
नयाँ कार्यक्रम अनुसार प्रचण्ड माधव समूहले फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने छ ।
फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको संर्घष समितिका उप संयोजक योगेश भट्टराइले बताए । साँझ ४ देखि ५ बजेसम्म सो कार्यक्रम आयोजना गरिने छ ।
यस्तै, फागुन ७ मा सबै वडामा विरोध प्रदर्शन गरिने छ। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए ।
पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष अहिले सडकमा आन्दोलनरत छ । यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।
यस्ता छन् कार्यक्रम:

