logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागूऔषध सहित पक्राउ


अंकुरण खबर
1.313K
Shares

अवैध लागूऔषध सहित शुक्रबार राति एकजना पक्राउ परेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकबाट २ हजार ४ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित पर्सा धोबिनी गाउँपालिका–२ बस्ने ३० वर्षीय अरबिन्द कुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र ईलाका प्रहरी कार्यालय सिमराको संयुक्त प्रहरीले ना.४३ प ८१०७ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक सहनीको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।