logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रमहरु (विज्ञप्तिसहित)


अंकुरण खबर
1.339K
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

आइतबार केन्द्रीय संघर्ष समितिले  पेरिसडाँडामा पत्रकारसम्मेलन गर्दै फागुन ५ देखि२१ सम्मको कार्यक्रम घोषणा गरेको हो ।

यस अघि प्रचण्ड माधब समुहले फागुन ७ पछि संयुक्त आन्दोलन गर्ने भने उल्लेख गरे पनि अहिले तत्कालका लागि एक्लै संर्घषमा जाने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

संर्घषका कार्यक्रमहरु यस्ता छन् :
२०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ ।