logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या शून्य


अंकुरण खबर
637
Shares

पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार देशभर पछिल्लो २४ घण्टामा १०४ जना संक्रमित थपिएका छन् भने कोरोनाकै कारण एक जनाको पनि मृत्यु पुष्टि भएन् ।

हाल सम्म नेपालमा कूल संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ । संक्रमितमध्ये २ लाख ६९ हजार ६० जना निको भएका छन् । कोरोनाले मृत्यु हुनेको कूल संख्या हालसम्म २ हजार ५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३१ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।