नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
बुधबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । प्रतिनिधिसभा विघटनविरूद्ध जिल्लास्तरमा विरोध प्रदर्शन गरिसकेपछि आववश्यक रणनीति बनाउन बैठक बस्न लागेको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यही फागुन १९ गतेदेखि कांग्रेसका सबै समितिको विधानअनुसार थप गरिएको म्याद सकिँदैछ। बैठकले कार्यसमितिको म्याद थप गर्नेबारेमा निर्णय लिने बताइएको छ।
यस्तै फागुन ७ देखि १० गतेका लागि तोकिएको महाधिवेशनको मितिसमेत सार्ने निर्णय बैठकले गर्नेछ। कांग्रेस महाधिवेशन विधानअनुसार एक वर्षअघि नै हुनुपर्ने हो। तर, विधानअनुसार एक वर्ष कार्यकाल थप गरिएको थियो।
यो समयावधिमा समेत महाधिवेशन हुन सकेन। अब संविधानअनुसार भदौसम्म महाधिवेशन गरिसक्नु पर्ने छ।