logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनताले जस्तो सुकै तानाशाहलाई फाल्न सक्छन् : निधि


अंकुरण खबर
767
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले नेपाली जनताले जस्तो सुकै तानाशाहलाई फाल्न सक्ने बताएका छन ।

नेपाली कांग्रेस गाउँ समिति ,चन्द्रनगरले आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले जनताको साथ बिना जित नहुने बताउँदै नेपाली काँग्रेस लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारे ।

उनले वर्तमान समस्याको समाधान प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचन मार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गरे ।

पछिल्लो चुनावमा काँग्रेससँग मात्र नभइ नेपाली जनताले पनि त्रुटि भएको उल्लेख गर्दै उनले काँडा रोपेका जनताले काँडा नै टिप्नु परेको टिप्पणी गरे ।