logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ को वार्षिकोत्सव प्रचण्ड-नेपाल समूह र कांग्रेसद्वारा बहिष्कार


अंकुरण खबर
1.82K
Shares

प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रचण्ड-नेपाल पक्ष र प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन् ।

कार्यक्रममा ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्की कार्यक्रममा सहभागी छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक-पटक बोलावट भए पनि उनी अनुपस्थित रहे।

कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सफल रहेको दाबी गरे।