logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा एक पुरुषको सामूहिक बलात्कार, दुई जना पक्राउ


अंकुरण खबर
2.054K
Shares

एक पुरुषको सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

शनिबार झापाको कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुषले जबरजस्ती यौन क्रियाकलाप गरी एक पुरुषलाई घाइते बनाएका हुन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टुडु रहेका छन् ।

उनीहरुले कनकाई–७ का ३० एक वर्षीय पुरुषलाई खोला किनारमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।