logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दुई कर्मचारी घुससहित पक्राउ


अंकुरण खबर
1.365K
Shares

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंका नायब सुब्बा र लेखापढी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालको टोलीले विभागका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई ८ हजार घुससहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनीहरू दुबै जनालाई विभाग परिसरबाट आइतबार नियन्त्रणमा लिएको हो ।

नासु नरेन्द्र चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाण पत्र लिन लेखापढी रामबाबु दाहाललाई भेट्न भनेका थिए । त्यसक्रममा उनले कर्मचारीहरूमा समेत मिलाउनु पर्छ भन्दै घुस मागेका थिए ।

घुस मागेको भन्ने सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।