logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
767
Shares

नेपालमा पछिल्लो २४ घण्टामा १२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सोमबार ३५४१ जनामा पिसिआर परिक्षण गर्दा १२२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । यस्तै, आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुने कूल संख्या २ हजार ५५ पुगेको छ ।

अहिलेसम्म कोरोना निको हुनेको दर ९८.७ प्रतिशत पुगेको छ।