logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अपराध महाशाखाका प्रमुख फेरिए, एसएसपी खापुङलाई जिम्मेवारी


अंकुरण खबर
767
Shares

महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ ।

एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको गृह स्रोतले बतायो ।

थापाको कार्यकालमा महाशाखाले उपत्यकामा भएका ठूला प्रकृतिका अपराधको अनुसन्धानसँगै केही पुराना घटनाको पनि सफल अनुसन्धान गरेको छ ।

थापाकै कार्याकालको अन्त्यतिर प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पनि पक्राउ परिन् । थापाको १२ वैशाखमा महाशाखामा सरुवा भएको थियो ।