आज देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेका कारण प्रदेश १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।