logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे देउवासँग कुरा गरे : प्रचण्ड


अंकुरण खबर
715
Shares

नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन विरुद्ध केही समयभित्रै संयुक्त आन्दोलन हुने बताएका छन् ।

त्यसका लागि कांग्रेससहितका दलहरुसँग छलफल जारी रहेको उनको भनाइ छ । मंगलबार (आज) बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको जानकारी दिए ।

‘आन्दोलन भइराखेको छ । यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ । हिजो मैले शेरबहादुर देउवासँग कुरा गरे, यसलाई संयुक्त बनाऔं भनेर । रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु । जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ । केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ उनले भने।

संविधानलाई ट्याकमा ल्याउन आन्दोलन गर्नु परेको उनले बताए ।

उनले भने, ‘चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुन्छ,’ । प्रचण्डले चुनाव नहुने र भयो भने त्यो असंवैधानिक हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेको उनको भनाइ छ ।