नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । केहि दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि दुई सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन तोलामा २ सय रुपैयाले बढेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैयाँमा कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।