संसद विघटनसम्बन्धी मुद्दामा अदालतलाई सहयोग गर्न बोलाइएको एमीकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माण गर्नेहरु नै संविधान संकटमा पर्यो भन्दै सडकमा आएको बताएका छन् ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा राय दिँदै वरिष्ठ अधिवक्ता कार्कीले संविधान बचाउनका लागि अदालतले निणर्य लिनुपर्ने बताए ।
‘श्रीमानहरु अल्मलिनुपर्ने अवस्था नै छैन । जसले संविधान निर्माण गरेका थिए, जसले कार्यान्वयन गर्नुपर्ने हो, उनीहरु नै संविधान संकटमा पर्यो भन्दै सडकमा पुगेका छन्,’ वरिष्ठ अधविक्ता कार्कीले भने इजलासमा भने ।
संविधान संकटमा परेका भनेर संविधान निर्माण गर्नेहरु नै सडकमा आएको अवस्थामा संवैधानिक इजलासमा रहेका ५ जना न्यायाधीहरुलाई ठूलो र महत्वपूणर् निणर्य लिने जिम्मेवारी आएको पनि कार्कीले बताए । कानून सबैका लागि समान हुने भन्दै कार्कीले नियम-कानून मानेर मात्रै सबैले अगाडि बढ्नुपर्ने बताए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाईअन्तर्गत मंगलबार एमीकस क्युरीका सदस्यहरुले राय दिने क्रम शुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले गरेको फैसला अनुसार नै प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतलाई सहयोग गर्न एमीकस क्युरी गठन गरिएको हो ।