logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरस्वती पूजा : आरआरमा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप


अंकुरण खबर
676
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ ।

मंगलबार (आज) बिहान प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा दुई पक्षका विद्यार्थीबीच झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परि प्रचण्ड माधव पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् ।

क्याम्पसमा सरस्वती पूजा गर्ने विषयमा विवाद हुँदा झडप भएको स्ववियु सभापति तपेन्द्रजंग शाहीले बताए ।

दुबै पक्षले सरस्वती पुजाको आयोजना गरेपछि झडपको स्थिति बनेको बताइएको छ । आफूहरुकोमाथि ओली पक्षका कार्यकर्ताले कुटपिट गरेको आरोप प्रचण्ड माधव पक्षले लगाएको छ ।

ओली पक्षले भने आफूहरुले आयोजना गरेको सरस्वती पूजाको कार्यक्रममा प्रचण्ड माधव पक्षका विद्यार्थी नेताहरुले अवरोध गर्न खोजेपछि झडप भएको बताएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) भित्र असन्तुष्ट रहेकाहरू आन्दोलनमा छन् ।