logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग राष्ट्रसंघको आग्रह


अंकुरण खबर
3.367K
Shares

संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ ।

म्यानमारमा सैन्य कू को विरोधमा भइरहेकोे आम प्रदर्शनमा दवाउन खोजिएको आशंका गर्दै राष्ट्रसंघले यस्तो आग्रह गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रसंघले शान्तिपूर्ण विरोध तथा प्रदर्शन गर्न पाउने जनताको अधिकारको रक्षा तथा सम्मान गर्न सैनिक नेतृत्वसँग भनेको हो । सत्ताको नेतृत्वमा रहेका म्यानमारको सेनाका अधिकारीसँगको टेलिफोन वार्तामा राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर बग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी समेत दिएका छन् ।

म्यानमार सेनाका सह प्रमुख हेट सोए विनसँग टेलिफोन वार्ता गरि सचेत गराएका हुन् । प्रदर्शन दवाउन सेनाले पछिल्लो दुई दिनदेखि रातिको समयमा इन्टरनेट सेवा अवरुद्ध गरेको छ। मुख्य शहरहरुमा हतियार सहित सेनाका बख्तरबन्द गाडीहरुको तैनाथी गरिएको छ ।

प्रदर्शनकारीहरुले मंगलबार पनि विरोध जारी राखेका र प्रदर्शनकारीहरु सानो–सानो समूहमा रहेको बताइएको छ ।