logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १०५ जना कोरोना संक्रमित, मृतकको संख्या शून्य


अंकुरण खबर
1.326K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ३०३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन भएको छैन् । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ५५ रहेको छ ।