श्रीमतीको हत्या गरेको आरोपमा झापा भद्रपुर नगरपालिका–७ का ५८ बर्षीय साहेबा उराउ पक्राउ परेका छन् ।
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार दिउँसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउबीच झै–झगडा हुँदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएको र उनको आज बिहान मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जानकारी दिएको छ।
प्रहरीले साहेबा उराउलाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।