logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केन्द्रीय समिति बैठक अघि कोइराला-पौडेल समूहको छुट्टै बैठक बस्दै


अंकुरण खबर
624
Shares

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्नुअघि कोइराला -पौडेल समूहको छुट्टै बैठक बुधबार बस्दैँछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कोइराला-पौडेल समूहको छुट्टै बैठक बस्न लागेको हो ।

दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि आवश्यक छलफल गर्न भन्दै बैठक बस्न लागेको कोइराला–पौडेल समूह निकट एक केन्द्रीय सदस्यले बताएका छन् ।

महाधिवेशनको मिति नजिकिदासम्म महाधिवेशन नभएपछि आजको केन्द्रीय समितिले मिति तोक्ने बताईएको छ ।

बैठकमा महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरु सहभागी भएको महामन्त्री कोइरालाका निजी सचिव भरत तिवारीले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनलाई शसक्त बनाउन सभापति देउवामाथि दवाव बनाउने रणनीति बनाउने एक नेताले बताए ।

सभापति देउवा संसद विघटनविरुद्ध अदालतमा मुद्दा जारी रहेकाले आन्दोलनबाट अदालतमा प्रभावित पर्न नहुने बताइरहेका छन् भने पौडेल पक्षले आन्दोलनमा जानुपर्नेमा जोड दिँदै आएको छ ।