logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागरिकमा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो होइन : उपराष्ट्रपति पुन


अंकुरण खबर
2.366K
Shares

उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकमा निराशा र आक्रोश छाउनु देशका लागि राम्रो नभएको बताएका छन्।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै पुनले देशमा सरकारको पछिल्लो कदमपछि धेरै नागरिक आक्रोशित र निराश बनेको भन्दै यो अवस्था देशका लागि हितकर नहुने बताएका हुन्। संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै उनले प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने बताए ।

सरकारको कदमको पक्ष र विपक्षमा देशभर प्रदर्शन भइरहेको तर राजनीतिक दलहरू, पत्रकार महासंघलगायतका नागरिक संस्थाहरूले पनि सरकारको कदमको विरोध गरेको भन्दै उनले सरकारले नागरिकलाई शान्ति, समृद्धि र विकास दिनुपर्ने बताए।

उनले नागरिकप्रति जिम्मेवार भएर पत्रकारिता गर्न प्रेस जगतसँग आग्रह गरे। उनले यस्तै प्रेस क्षेत्रका गुनासा र समस्या सम्बोधन गर्न सरकारलाई आग्रह पनि गरे।

उनले संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले संसद भंग गरेर सही नगरेको बताए । ‘संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रतिनिधिसभा भंग हुनु गलत छ । यसले राजनीतिलाई सही दिशामा लैजाँदैन’ उनले भने ।