logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भागरथी हत्याका आरोपी सार्वजनिक


अंकुरण खबर
754
Shares

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरी सार्बजनिक गरेको छ ।

सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बुधबार आयोजित पत्रकार सम्मेलनमा घटनाको बारेमा जानकारी दिएका हुन् । पत्रकार सम्मेलन गर्दै डिआइजी सुवेदीले प्रहरीले गरेको अनुसन्धानको अधारमा प्रमाण जुटाउदा उनी दोषी देखिएको बताए ।

‘हामीले संकलन गरेका प्रमाणका आधारमा पक्राउ गरेका व्यक्ति नै संलग्न छन् भन्ने हाम्रो दावी हो’, डीआईजी सुवेदीले भने, ‘ हामीले कहिँ कतै त्रुटी गरेका छैनौँ। प्रारम्भिक अनुसन्धानको नतिजाले पक्राउ परेका व्यक्ति संलग्न रहेको देखिन्छ।’

घटनास्थलको प्रकृति हेर्दा र अहिलेसम्मको अनुसन्धानबाट दोषी एउटा मात्र देखिएको सुवेदीले बताए । उनले अभियुक्तको सुरुवाती सोधपुछ, प्राविधिक अनुसन्धान र पक्राउपछिका बयानका आधारमा उनलाई दोषी बनाइएको बताए । उनले प्रहरीले प्रमाण र भेटिएका आधारमा अहिले एक जना मात्र दोषी देखिएको बताउदै अनुसन्धानमा शंका नगर्न आग्रह गरेका छन् ।

दोषी किशोर प्राविधिक रुपमा घटनास्थलमा देखिएको, प्रत्यक्षदर्शीले पनि उनलाई त्यस ठाउमा देखेको र दोषीले पनि स्वीकार गरेको आधारमा किशोरलाई अभियुक्त बनाइएको डिआइजी सुवेदीले बताए ।

भागरथी मृत भेटिएको १३औँ दिनमा प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । पक्राउ परेका किशोरले बयानका क्रममा अपराध स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

भट्ट थरका ती युवक भागरथीकै छिमेकी र नातेदार रहेको समेत खुलासा भएको छ ।