जनता समाजबादी पार्टी (जसपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध खाली थाल र खाना पकाउने ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको छ।

इन्धनको मूल्य वृद्धिसहित प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, महिला हिंसा र जातिय विभेदविरुद्ध जसपाले काठमाडौंको माइतीघर मण्डलामा बुधबार प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लेखिएका प्ले कार्ड, रित्तो खाना पकाउने ग्यासको सिलिन्डर र थाल बोकेका छन् ।

थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले खाली थाल ठटाएर सरकारको विरोधसमेत गरेका छन्।
