logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ३८३८ पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि, ९१ जना डिस्चार्ज


अंकुरण खबर
715
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको छ ।

आज कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

यस्तै, गत २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २७ हजार ७ सय ८९ पुगेको छ।