logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि तोलामा ६०० रुपैयाँले घट्यो सुनको मुल्य


अंकुरण खबर
1.417K
Shares

नेपाली बजारमा आज (बिहीबार) सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

हिजो (बुधबार)छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको मुल्य ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।