logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ९६ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु


अंकुरण खबर
1.417K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ९६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३१ हजार ३ सय ३० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ पुगेको छ ।