सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
बिहीबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले अहिले बबरमहलस्थित आयल निगम कार्यालय अगाडि धर्ना बसेर नाराबाजी गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका छन् ।
नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो ।