logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

काम चलाउ सरकारले मात्र संसद् विघटन गर्न पाउँछ : वरिष्ठ अधिवक्ता शाक्य


अंकुरण खबर
1.079K
Shares

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले काम चलाउ सरकारले मात्र संसद् विघटन गर्न पाउने राय पेस गरेका छन् ।

उनले आज एमिकस क्युरीका तर्फबाट  सो राय पेस गरेका हुन् । उनले भने, ‘संविधानले कामचलाउ सरकारलाई मात्र संसद् विघटन गर्ने अधिकार दिएको  छ ।’

त्यस्तै उनले अर्को प्रधानमन्त्री चयन हुने बाटो छोडेर प्रतिनिधिसभा विघटन गर्न नपाइने बताए । उनले भने,  ‘आफ्नै नेतृत्वमा चुनाव गर्छु भनेर प्रधानमन्त्री संसद् विघटन गर्न पाउँदैनन् ।’

पार्टीको विवादका कारण संसद् विघटन गर्न नपाइने उनले राय पेस गरेका हुन् ।