logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

म्यानमारको प्रदर्शनमा गोली लागेकी २० वर्षीया युवतीको मृत्यु


अंकुरण खबर
1.885K
Shares

म्यानमारमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकी एक युवतीको मृत्यु भएको छ ।

शुक्रबार बिहान उपचारका क्रममा म्या थवे थवे खाइङको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । २० वर्षीया ती युवती जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी बनेकी छन् ।

गत साता प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा र गोली प्रयोग गर्दा उनको टाउकोमा गोली लागेको थियो ।

सैन्य कू को विरोधमा म्यानमारमा प्रदर्शन भइरहेको छ । युवतीको मृत्युपछि प्रदर्शन झनै चर्कने सक्ने अनुमान गरिएको छ ।

म्यानमारको सम्बन्धित निकायले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ । म्यानमारमा अझै पनि सेनाविरुद्धको प्रदर्शन जारी छ । प्रदर्शकारीहरुले सत्ता जनताको हातमा सुम्पिनुपर्ने माग गर्दै आएका छन् । सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि नै यो कदम चाल्नुपरेको दाबी गर्दै आएको छ ।