logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जम्मु- कश्मिरमा आतंकवादी आक्रमण, दुई प्रहरीको मृत्यु


अंकुरण खबर
1.677K
Shares

भारतमा जम्मु–कश्मीरको श्रीनगरमा भएको आतंकवादी हमलामा दुई जना भारतीय प्रहरीको मृत्यु भएको छ ।

श्रीनगरको बाराजुल्ला क्षेत्रमा शुक्रबार दिउँसो आक्रमण भएको हो । आक्रमणबाट घाइते भएका दुई प्रहरीको मृत्यु भएको हो ।  दिउँसै भएको आतंकवादी आक्रमणपछि सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेरा हालेर सर्च अप्रेशन चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको सीसीटिभी फुटेस पनि सार्वजनिक भएको छ । जसमा एक व्यक्तिले शरीरमा लुकाएर ल्याएको हतियार निकालेर आक्रमण गरी भागेको देखिएको छ ।

https://twitter.com/ANI/status/1362679112058294273?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1362679112058294273%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2021%2F02%2F19%2F476764%2F