logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टुँडीखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)


अंकुरण खबर
1.313K
Shares

आज देशभर विविध कार्यक्रम गरी ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस-२०७७ मनाइँदै छ ।

शुक्रबार सैनिकमञ्‍च टुँडिखेलमा प्रजातन्त्र दिवसको अवसरमा नेपाली सेनाको हेलिकोप्टबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस-२०७७’ अंकित व्यानर र पुष्पवृष्टि गरिएको थियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, उप-प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीगण, संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिलगायतले शुभकामना दिएका थिए ।

त्यस्तै, कार्यक्रममा नेपाली सेनाको अगुवाईमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीले मार्चपास गरेका थिए । कलाकारहरूले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।