प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
रिक्त प्रदेश प्रमुखमा मन्त्रिपरिषद्को सिफारिसमा रौतहटका राजेश झा नियुक्त भएका छन् ।
