logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो हवाई भाडा, कुन गन्तव्यको कति ? (सुचीसहित)


अंकुरण खबर
1.443K
Shares

निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा दर बढाएका छन् ।

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै वायुसेवा सञ्चालक संघले पनि भाडा बढाउने निर्णय गरेका हुन् ।

संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएका छन् । संघले बढाएको इन्धन चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत दिएको छ ।

कम्पनीहरूले ७० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएका छन् । बढेको भाडा आज शुक्रबारदेखि लागू हुनेछ ।

आयल निगमले मंगलबार पेट्रोल र डिजेलसँगै हवाई इन्धनको पनि मूल्य बढाएको थियो ।