logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध लागे : प्रधानमन्त्री


अंकुरण खबर
1.495K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख सरकारविरुद्ध लागेको आरोप लगाएका छन् ।

शनिवार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुखलाई किर्तेको संज्ञा दिदै सरकारविरुद्ध मुद्दा लिएर अदालत गएको आरोप लगाएका छन् । उनले भने सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख । उहाँले किर्ते सनाखत गर्नुभएको छ । सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।

सभा सम्बोधनका क्रममा प्रधानमन्त्रीले उपराष्ट्रपतिले सरकारका विरुद्ध भाषण गर्दै हिडेको आरोप लगाएका छन् ।

केहि दिन अघि सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएका नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए भने, पुनले हालै संवैधानिक अंगका पदाधिकारी र प्रदेश प्रमुखको सपथग्रहण बहिस्कार र प्रतिनिधिसभा विघटनविरुद्ध भाषण गरेका थिए ।