logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाचौं इन्द्रदह पर्यटन महोत्सवको सम्पूर्ण तयारी पुरा


अंकुरण खबर
1.729K
Shares

भोली फागुन ९ गते हुने पाचौं इन्द्रदह पर्यटन महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

इन्द्रदह एकीकृत पर्यटन विकास समितिले इन्द्रदह तथा आसपासका क्षेत्रको विकास र प्रर्वद्धनको लागि भन्दै प्रत्येक वर्ष फागुन ९ गते इन्द्रदह पर्यटन महोत्सव गर्दै आएको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको काजी कालु पाण्डेको सालिक अनावरण पश्चात इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको इन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले जानकारी दिए ।

इन्द्रदह एकीकृत पर्यटन विकास समिति र दहचोक बचत तथा ऋण सहकारी संस्थाको सक्रियतामा महोत्सब स्थल वरपर सरसफाई गरिएको छ ।

चन्द्रागिरी नगरपालिकाको वडा नं १ मा अवस्थित इन्द्रदह ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थान भएकाले यस क्षेत्रमा आवश्यक पूर्वधार निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटकको लागि नेपालकै मूख्य गन्तव्य बनाउन लागि परेको अध्यक्ष थापाको भनाई छ । उनले हाम्रो इन्द्रदह राम्रो इन्द्रदह बनाउन सरोकारवाला सबै पक्षसंग सहकार्य गर्न कुनै कसर बाकी नराखेको बताए । अध्यक्ष थापाले भोली हुने महोत्सवमा संभव भएसम्म सबैलाई उपस्थित हुन आग्रह गरेका छन् ।