देशका अधिकांश क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेका कारण देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने भएको हो ।
अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ ।
आइतबार दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै आज राति प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।