logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा आठ सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
715
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाला सुनको मूल्य आठ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८८ हजार दुई सय रुपैयाँ थियो ।

आज तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले बढेर ८८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।