logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने


अंकुरण खबर
1.69K
Shares

प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरबहादुर राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ ।

आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम पेस हुने उल्लेख छ । केही समयअघि नेकपाकै दाहाल–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

त्यसयता दुई पटक बैठक राख्ने प्रयास भएपनि स्थगन भएपछि आइतबार सभामुखको जोडबलमा बैठक बस्न लागेको हो ।