logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला लघुवित्तको आईपीओ यसै हप्ता बाँडफाँड हुने


अंकुरण खबर
832
Shares

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ यही साताको अन्त्यतिर बाँडफाँड हुने भएको छ ।

शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने सम्भावना रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको हो ।

महिला लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छ न्।

यो आईपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ । यसमा मागभन्दा ६० गुणा बढी आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ। यो हिसाबले यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ । गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन् ।